काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेल वर्षाका कारण रोकिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएपछि वर्षाका कारण खेल रोखिएको हो ।
वर्षा रोकिएपछि खेल पुनः अगाडि बढ्ने छ । हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले पहिलो ओभरको पहिलो बलमै हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई गुलसन झाद्वारा क्याच गराएका थिए । शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी सहभागी छ ।
प्रतिक्रिया