• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले जित्यो स्वर्ण

    0.9K
    SHARES



    काठमाडौं । भारतमा भएको डब्लुआरएफ एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ ।

    भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगितामा नेपालले आरएक्स (हेड टु हेड)मा भारतलाई नै पछि पार्दै स्वर्ण पदक जितेको हो । उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण पदक जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

    अध्यक्ष श्रेष्ठका अनुसार एसियाली र्‍याफ्टिङमा नेपालले जितेको यो ऐतिहासिक पदक हो । नेपालबाट सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगरले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । यस्तै नेपाली टोलीको अफिसियलमा संघका कोषाध्यक्ष महेश थापा र प्रशिक्षकमा भीष्मराज थपलिया थिए ।

    हेड टु हेडमा पहिलो भएको नेपाल स्लालममा ८० अंकसाथ तेस्रो हुँदै कांस्य जितेको संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए । यस्तै डाउन रिभरमा भने ६० अंक जोडेको नेपाल चौथो भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ