• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    यू–१६ महिला फुटबलमा आज नेपाल र भारत भिड्दै

    3.2K
    SHARES



    काठमाडौँ । राजधानीमा जारी साफ यू-१६ महिला फुटबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदै छ । नेपाल र भारतबिचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ ।

    चार देश सहभागी यस प्रतियोगितामा बङ्गलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । आज भारत र नेपालबिचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । बराबरीले भने भारतलाई नै फाइदा पुग्ने छ ।

    भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७-० को जित निकालेको थियो । नेपालले भुटानमाथि ३-० को जित निकालेको छ । यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग २-० ले पराजित भएको थियो । भारत बङ्गलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । फाइनल खेल भने आइतबार हुने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया