• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    त्रिकोणात्मक शृङ्खलाको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    538
    SHARES



    काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा मंगलबार नेपाल र नेदरल्यान्ड् भिड्दै छन् । फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ११ बजे हुनेछ ।

    लिग चरणमा सबै टोलीले चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अंकसहित पहिलो, नेपाल चार अंकसहित दोस्रो र नामिबिया तीन अंकसहित तेस्रो भएका थिए ।

    लिग चरणको खेलपछि तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो ।

    अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो ।

    आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग २० रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो ।

    आफ्नो तेस्रो खेलमा भने नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।

    आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया