• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्याण्ड्समाथि नेपालको शानदार जित

1.8K
SHARES



काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डलाई ६ विकेटले हराएको छ ।

कीर्तिपुर मैदानमा १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो । नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले २-२ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिएका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ