काठमाडौँ । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत नेपालले नामिबियाविरूद्ध दोस्रो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
खेलका लागि नेपाली टिममा तीन परिवर्तन गरिएको छ। कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी बेञ्चमा छन्। यस्तै विवेक यादव लगातार दोस्रो खेलमा टिममा अटाएनन्।
खेलका लागि अनिल साह, आरिफ शेख र अभिनास बोहरा टिममा फर्किएका छन्। अनिल र आरिफले सिरिजमा पहिलो पटक खेल्न लागेका हुन्। सिरिजका सुरुवाती दुई खेलमा नेपाल पराजित भएको थियो।
प्रतिक्रिया