• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    कीर्तिपुर मैदानमा बन्यो कीर्तिमानी रन

    1.8K
    SHARES



    काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा कीर्तिमानी रन बनेको छ ।

    त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध ५ विकेट गुमाएर २ सय ४७ रन बनाएको छ ।

    कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन हो । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै उक्त रन बनाएको हो । अब नेदरल्यान्ड्सलाई हराउन नामिबियाले २ सय ४८ रन बनाउनु पर्नेछ ।

    नेदरल्यान्ड्सले बिहीबार नेपालको कीर्तिमान तोडेको हो । यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ तारिखमा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।

    नेदरल्यान्ड्सले त्यही कीर्तिमान तोडेको हो । कीर्तिपुर मैदानमा बनेको तेस्रो ठूलो स्कोर पनि नेपालकै नाममा छ । नेपालले सन् २०१९ को डिसेम्बर ५ तारिखमा सम्पन्न टी-२० क्रिकेटमा भुटानविरुद्ध ३ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ