• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सहिद सप्ताहको अवसरमा अखिल क्रान्तिकारीद्धारा देशव्यापी कार्यक्रम

    1.3K
    SHARES



    काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका सहिदहरुको सम्झनामा सहिद सप्ताहको सन्दर्भ पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले आज देशव्यापी कार्यक्रमहरु गरेको छ ।

    उक्त संगठनको लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाको २६ औं जिल्ला सम्मेलन आज सम्पन्न गरेको छ । उक्त सम्मेलनले मनोज थापाको अध्यक्षतामा २७ सदस्य जिल्ला सम्मेलन चयन गरेको संगठनका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक नवीन खड्काले जानकारी गराएका छन् ।

    उक्त कार्यक्रममा प्रमुख अथितीको रुपमा संगठनका केन्द्रीय संयोजक मिलन राई र अथितिको रुपमा संगठनका लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्ट लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    साथैं आज संगठनको कर्णाली प्रदेश समितीको आयोजनामा सुर्खेतको बिरेन्द्रनगरमा एक शैक्षिक अन्तरक्रिया कार्यक्रम पनि गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयमा वर्तमान शिक्षाको संकट र समाधान विषयक वृहत अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरिएको संगठनका कर्णाली प्रदेश संयोजक सर्जन पाण्डेले बताए ।

    संगठनका कर्णाली प्रदेश इन्चार्ज हरि बिष्टले प्रस्तुत गरेको कार्यपत्र माथि विभिन्न क्षेत्रका शैक्षिक बौद्धिक व्यक्तित्वहरुले आफ्नो बिचार राखेका थिए । उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिती क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज उदय बहादुर चलाउने ‘दिपक’ रहेको संगठनका प्रदेश संयोजक पान्डेले जानकारी दिए ।

    त्यस्तै त्रिभुवन विश्वविद्यालय समिती अन्तर्गत एनसिसी क्याम्पस समितीले काठमाडौंको नेपाल कमर्श क्याम्पसमा आज प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

    सहिद सप्ताहको अवसर पारेर बिबिएस प्रथम बर्षमा अध्ययनरत नव-आगन्तुक बिध्यार्थिहरुलाई स्वागतका निम्ति उक्त कार्यक्रमको आयोजना गरिएको संगठनका त्रिभुवन विश्वविद्यालय समिती संयोजक गोबिन्द बिष्टले जानकारी दिएका छन् ।

    उक्त कार्यक्रममा प्रमुख अथिती अखिल (क्रान्तिकारी) का पुर्व अध्यक्ष तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका युवा नेता सरद रसाइली, अथितीहरुमा संगठनका फ्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेल, संगठनका केन्द्रीय सह-संयोजक पेशल दाहाल , सचिवालय सदस्य तथा त्रिवि समिति इन्चार्ज नेत्र बहादुर शाही, सचिवालय सदस्य तथा बागमती प्रदेश समिती संयोजक उषाकिरण आजाद, सचिवालय सदस्य लक्ष्मी शाह, ,केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला संयोजक बिरेन्द्र नेपाली, केन्द्रीय सदस्य लक्ष्मी पाण्डे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

    देश र जनताको मुक्तिका लागि जीवन बलिदान गर्ने सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको हो ।

    जनयुद्धका प्रथम सहिद गोर्खाका दिलबहादुर रम्तेललाई २०५२ फागुन १४ अर्थात आजकै दिन तत्कालीन राज्यको तर्फबाट हत्या गरिएको थियो । उनलाई जनयुद्धको प्रथम सहिद मानिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ