• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    परराष्ट्र मन्त्री साउदले अयोध्यामा ५ प्रकारका आभूषण समर्पण गर्ने

    2.3K
    SHARES



    काठमाडौँ । भारतकाे दिल्लीमा रहेका परराष्ट्र मन्त्री एनपी साउद अयोध्याको राम मन्दिर दर्शन गर्न जाने भएका छन् ।

    भारत विदेश मन्त्रालयले आयोजना गरेको रायसिना संवाद कार्यक्रममा भाग लिन दिल्ली पुगेका मन्त्री साउद आज अयोध्या जाने छन् । उनी दर्शन गर्ने क्रममा मन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने बताइएको छ ।

    ११ बजे दिल्लीबाट विशेष विमानले अयोध्याको महर्षि बालमिकी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने मन्त्री साउदलाई उत्तर प्रदेश सरकार मन्त्रीहरूले स्वागत गर्ने छन् ।

    नेपालको सरकारी प्रतिनिधिको रूपमा अयोध्या मन्दिर दर्शन गर्नेमा पहिलो अधिकारी प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्धी समितिका सभापति राजकिशोर यादव हुन् । मन्त्री साउद दोस्रो हुन् ।

    मन्दिर प्राङ्गणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रष्टका महासचिव चम्पत रायसहित अन्य पदाधिकारीहरूले स्वागत गर्ने बताइएको छ । रामलालाको दर्शनको क्रममा त्यहाँका मुख्य पुजारीले विशेष पूजा गराउने बताइएको छ ।

    परराष्ट्र मन्त्री साउदले मन्दिरमा दर्शन पछि नेपाली जनताको तर्फबाट उनले पाँच प्रकारको विशेष गहना रामलालाको प्रतिमाको लागि अर्पण गर्ने छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया