• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    नेपालको ‘ए’ टोलीले क्यानडालाई दियो १ सय ८२ रनको लक्ष्य

    2.1K
    SHARES



    काठमाडौँ । तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई जितका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि १ सय ८१ रन बनाएको हो ।

    नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए । आशुतोषले २८ रन बनाए । उनले ४३ बलको सामना गरी ५ चौका पनि हिर्काए । अर्जुनले पनि टोलीको खातामा २७ रन थपे । उनले ५३ बलमा २ चौका प्रहार गरे ।

    कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल भने खाता खोल्नुअघि नै आउट भए ।

    रासिद खानले टोलीको खातामा १९ रन थपे । उनले २५ बलमा एक चौका प्रहार गरे । सुजन थपलियाले ५१ बलमा एक चौकको मद्दतले २० रन बटुले । बसिर अहमदले पनि २५ रन बनाए । बसिरले ४० बलमा तीन चौका पनि प्रहार गरे ।

    प्रतिस जिसीले २० बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रन जोडे । हेमन्त धामीले ६ रन बनाए । नेपालले अतिरिक्त रुपमा १२ रन पायो । क्यानडाका बलर डिल्लन हेलिगर, निकोलस किर्तन र हर्ष ठाकेरले दुई–दुई विकेट लिए । कलिम साना र साद जाफरले पनि १-१ विकेट हात पारे ।

    तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ । तेस्रो खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ । पहिलो एकदिवसीयमा क्यानडाले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडालाई दुई विकेटले पराजित गरेको थियो ।

    यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ