• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपाल ‘ए’ टीमको पहिलो जित, क्यानडा २ विकेटले पराजित

    1.8K
    SHARES



    काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ ।

    क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टीमले ४९ ओभरमा १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए ।

    १ सय ४६ रनमा ५ विकेट गुमाएको नेपालका लागि बसिर अहमद र रशिद खानले ७७ रनको साझेदारी गरेका थिए । रशिद खान ४७ रन बनाएर आउट हुँदा बसिर खान ५१ रनमा अविजित रहे । बलिङमा क्यानडाका अमर खालिदले २ विकेट लिए ।

    यसअघि मुलपानी क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो । क्यानडाका श्रेयास मोभाले ६८, नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए ।

    बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २-२, बसिर अहमद र सागर ढकालले १-१ विकेट लिएका थिए । जितसंगै नेपाल ‘ए’ टीमले क्यानडाविरुद्ध ३ खेलको एकदिवसीय सिरिज १-१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपाल ‘ए’ टीम क्यानडासंग पराजित भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया