• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु

    2.2K
    SHARES



    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको छ । उनको मृत्यु रूसको सबैभन्दा कठोर मानिने जेल आर्क्टिक सर्कलमा भएको बीबीसीले जनाएको छ ।

    विभिन्न अभियोगमा १९ वर्षको जेल सजायँ सुनाइएका नाभाल्नीलाई एक वर्ष अघिमात्र स्थानान्तरण गरेर त्यहाँ ल्याइएको थियो ।

    ४७ वर्षीय नाभाल्नीको मृत्युको कारण खुलेको छैन । जेल प्रशासनले उनी शुक्रबार अचेत भएको र उपचार गर्दा पनि बचाउन नसकिएको जनाएको छ ।

    उनको मृत्युको जानकारी पुटिनलाई दिइसकिएको छ । नाभाल्नीका वकिलले भने यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन नमानेको बीबीसीले जनाएको छ ।

    नाभाल्नी सन् २०२० को अगस्टमा विष हमलामा परेका थिए । हवाईजहाज चढेर साइबेरियाबाट मस्को जाने क्रममा स्नायुमा असर गर्ने नोविचोक नामको विष झुक्याएर खुवाइएको थियो ।

    उनी हवाईजहाज भित्र एक्कासी बिरामी परेपछि आपत्‌कालीन अवतरण गर्नुपरेको थियो । त्यसपछि लामो समय जर्मनीमा लगेर उपचार गराइएको थियो । जर्मनीबाट रुस फर्किएलगत्तै उनी पक्राउ परेका थिए ।

    नडराई बोल्ने ब्लगर र भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रष्ट भन्दै आलोचना गर्थे । सन् २०१८ को राष्ट्रपति निर्वाचनमा पुटिनविरुद्ध लड्न खोजे पनि उनी उम्मेदवार बन्न पाएका थिएनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया