• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धेरै धान फलाउने किसानलाई गाउँपालिकाकाे सम्मान

    1.6K
    SHARES



    पाँचथर।  फाल्गुनन्द गाउँपालिकाले धेरै धान उत्पादन गर्ने २९ जना किसानलाई नगदसहित सम्मान गरेको छ ।

    ५० देखि एक सय मुरी धान उत्पादन गर्ने २७ जना र एक सय मुरीभन्दा धेरै धान उत्पादन गर्ने दुई गरी २९ जना किसानलाई पुरस्कृत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिएका छन् ।

    ५० मुरीभन्दा माथि धान उत्पादन गर्नेलाई ३० हजार रुपैयाँका दरले र सय मुरीभन्दा धेरै उत्पादन गर्नेलाई ५० हजार रुपैयाँका दरले सम्मान गरिएकाे हाे ।

    किसानलाई पञ्चेबाजा, ढोल, झाँकीसहित भव्य र्‍यालीका साथ सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियाे । धेरै धान फलाउने किसानहरू १ र ५ नम्बर वडाबाट ९-९ जना, ६ र ७ नम्बर वडाका २-२ जना, २ नम्बरका र ४ नम्बरका ४-४ जना गरी २९ जनाले एक हजार सात सय ५६ मुरी धान फलाएका पालिकाले तथ्याङ्क सार्वजनिक गरेको छ ।

    आउँदा दिनमा अन्य कृषि उपज वस्तु फलाउनेलाई पनि पुरस्कृत गर्दै कृषि प्रणालीको माध्यमबाट समृद्ध पालिका निर्माणमा जोड दिने गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ