• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्ससँग खेल्दै

    566
    SHARES



    काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बाँगीमा सुरु हुनेछ ।

    समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ ।

    नेपालले भुटान र हङकङ दुवैलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्स भुटानसँग ९४ रन र हङकङसँग १७२ रनले पराजित भएको थियो । हङकङकी मारिको हिल १ सय र चान का यिंग केरीले ८७ रन बनाएका थिए ।

    तुलनात्मक रुपमा कमजोर माल्दिभ्समाथि नेपाल सहज जित हात पार्न चाहन्छ । नेपालका सीता रानामगर दुवै खेलमा अलराउन्डर प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएकी छिन् । त्यस्तै रुविना क्षेत्री र इन्दु बर्मा पनि राम्रो लयमा देखिन्छन् । कविता कुँवर नेपालकी प्रमुख तीव्र गतिकी बलर हुन् ।

    नेपालले क्वाटरफाइनल खेल्नुअघि आज मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई मौका दिनसक्छ । १६ टोली सहभागी प्रतियोगितामा ४ समूहमा विभाजन गरिएको छ ।

    हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनल खेल्न पाउनेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया