• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एक दिवसीय सिरिज- आज नेपाल र क्यानडाको अन्तिम खेल हुँदै

    2.3K
    SHARES



    काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजमा नेपालले तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल बिहान ९:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

    पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

    उता क्यानडा अन्तिम खेलमा जितका साथ क्लिन स्वीप हुनबाट बच्न चाहन्छ भने नेपालले आजको खेलमा तीव्र गतिका बलर हेमन्त धामीलाई डेब्यु दिने सम्भावना छ । सम्भव त अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिंदै हेमन्तले डेब्यु गर्न दिनसक्छ ।

    सोमपाललाई विश्राम नदिए रिजन ढकाललाई बाहिर राख्ने सम्भावना छ । त्यस्तै कुशल भुर्तेल फर्किंदा आसिफले विश्राम पाउने सम्भावना रहेको छ ।

    पछिल्लो खेलमा २० बलमा ५० रनको आक्रामक इनिङ खेलेका अनिललाई नेपालले थप मौका दिने देखिन्छ । ७६ रन बनाएका देव खनालले पनि मौका पाउनेछन् । लिग २ मा नभएका देव र अनिल अन्तिम खेलमा सानदार प्रदर्शन गर्ने सोचमा हुनेछन् ।

    क्यानडाले दुवै खेलमा ब्याटिङमा राम्रो सुरुवात गरेको छ । तर, अन्तिम २० ओभर भने लगातार विकेट गुमाउँदा विशाल योगफलमा पुग्न सकेको छैन । सिरिज हारिसकेको अवस्थामा आज विना दबाब झन् राम्रो गर्न सक्छ ।

    ओपनर आरोन जोनसनले पछिल्लो खेलमा ६५ रनको इनिङ खेलेका थिए । आक्रामक ब्याटर उनी नेपाललाई घातक बन्न सक्छन् । परगत सिंह, निकोलस किर्तोन र नवनित धलिवाल राम्रो ब्याटर हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ