• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एसियन कपको उपाधि कतारलाई

    1.7K
    SHARES



    काठमाडौँ । एएफसी एसियन कपको उपाधि कतारले जितेको छ । गएराति लुसेल स्टेडियममा जोर्डनलाई ३-१ गोलले पराजित गर्दै कतार च्याम्पियन बनेको हो ।

    कतारले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो । २२ औँ मिनेट, ७३ औँ मिनेट र ९० मिनेटपछि थपिएको समयको पाचौँ मिनेटमा कतारले पेनाल्टीमार्फत गोल गरेको थियो ।

    तीन वटै पेनाल्टी सदुपयोग गर्दै कतारका अक्रम अफिफले ह्याट्रिक गरे । जोर्डनका यजन अल नइमतले ६७ औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

    एसियन कपको आयोजक राष्ट्रसमेत रहेको कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनलाई हराएको थियो । अन्तिम १६ मा प्यालेस्टाइनविरुद्ध जित निकालेको कतारले क्वाटरफाइनलमा उज्बेकिस्तानलाई र सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ