• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आयल निगमको कार्यकारी निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता फागुन पहिलो साता हुने

    1.5K
    SHARES



    काठमाडौं । नेपाल आयल निगममा कार्यकारी निर्देशक बन्न आवेदन दिएकाहरुको अन्तर्वार्ता तथा प्रस्तुति फागुन पहिलो सातादेखि सुरु हुने भएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २ फागुनदेखि ५ फागुनसम्म उम्मेदवारहरुको अन्तर्वार्ता तथा प्रस्तुति हुने भएको छ ।

    मन्त्रालयले बिहान ७ बजेदेखि अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुने जनाएको छ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि ई. कमलेन्द्रलाल कर्ण, डा. उत्तरकुमार रेग्मी, ई. डा.डोलप्रसाद चापागाईं, ई. सहदेव चन्द प्रतिस्पर्धामा छन् ।

    यसैगरी पंकजकुमार दास, रामदेव यादव, सञ्जिवकुमार देव, दिलीप शेखर श्रेष्ठ, माधव रेग्मी, चण्डिकाप्रसाद भट्ट, बसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा र शत्रुघ्नप्रसाद पुडासैनी पनि प्रतिस्पर्धामा छन् ।

    मन्त्रालयले दरखास्त दिएकाको सूची ३ माघमा स्वीकृत गरी प्रकाशन गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ