• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भ्यालेन्टाइन अफर- अल्टिमा इयरबडमा ११०० र स्मार्टवाचमा २ हजार छुट

    1.3K
    SHARES



    काठमाडौं । अल्टिमाले भ्यालेन्टाइन विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ३४९९ रुपैयाँ पर्ने बुम १४१ एएनसी इयरबडमा आकर्षक छुट सहित २३९९ रुपैयाँमै खरिद गर्न सकिने अफर ल्याएको हो ।

    चार महिनाअघि सार्वजनिक भएको इयरबड हालसम्म ८ हजारभन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ । त्यस्तै अल्टिमा वाच सर्कल १५ दिनमै अनलाइन माध्यममा ४ हजार युनिट बिक्री भइसकेको उल्लेख छ ।

    भ्यालेन्टाइन्स अफरको रूपमा ग्राहकले बुम १४१ एएनसी इयरबड २३९९ रुपैयाँमै खरिद गर्न सक्नेछन् । यसमा एक्टिभ नोइज क्यान्सिलेसन प्रविधि, ३० डीबीसम्मको नोइज रिडक्सन र ट्रान्सपरेन्सी मोड जस्ता फिचर रहेका छन् ।

    इन्भाइरोमेन्टल नोइज क्सान्सिलेसन सहित ४५ घण्टाको प्लेटाइम, १३ एमएम डाइनामिक ड्राइभर र क्वाड माइक जस्ता विशेषता समेत यसमा पाउन सकिनेछ । अफर अन्तर्गत अल्टिमा वाच सर्कल भने ३९९९ रुपैयाँमै खरिद गर्न सक्ने बताइएको छ ।

    जसको बजार मूल्य पाँच हजार ९९९ रुपैयाँ रहेको छ । यसमा १.४३ इन्चको एमोलेड डिस्प्ले, ब्लुटुथ कलिङ, आईपी ६८ वाटरप्रुफ रेटिङ, जिङ्क एलोय मेटल फ्रेम, ८०० निटको उच्चतम ब्राइटनेस, फास्ट चार्जिङ र कम्प्रिहेन्सिभ हेल्थ मनिटरिङ फिचर रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ