• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘गिरीबन्धु टी स्टेट’ लाई जग्गा सट्टापट्टा गर्न दिने ओली नेतृत्वको सरकारी निर्णय र ऐन संशोधन बदर

    1.8K
    SHARES



    काठमाण्डाै । झापाको गिरीबन्धु टी स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिने सरकारी निर्णय ऐन सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

    केपी शर्मा ओली सरकारले २०७८ साल वैशाखमा गिरीबन्धु टी स्टेटलाई ३ सय ४३ बिगाहा जग्गा प्रदेश–१ भित्रै सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो । यसको लागि भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गरिएको थियो । तर आज सर्वोच्चको संवैधानिक इजलासले त्यो निर्णय बदर गरिदिएको हो ।

    ओली सरकारको निर्णयले राज्यको सम्पत्तिमा अतुलनीय नोक्सानी हुने भएकाले निर्णय बदरको माग राखेर अधिवक्ता ओमप्रकाश अर्याल, ओमप्रकाश मिश्र र भक्तराज भारतीसमेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले जग्गा सट्टापट्टा गर्न स्वीकृत दिने विवादित निर्णय भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ ग लगायतका कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्क प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले निर्णय र निर्णयअनुसार भए/गरिएका काम कारबाहीसमेत बदर हुने ठहर गरेको छ ।

    सर्वोच्चले भनेको छ, ‘सामान्यतया हदबन्दीभन्दा बढी भएको जग्गा जफत नै गर्नुपर्ने हुन्छ । यस मान्यतामा अन्यथा प्रतिकूल असर नपर्नेगरी जग्गाको क्षेत्रफल, चिया उत्पादन हुने क्षमता, सम्भाव्यता, सट्टापट्टा हुने जग्गाको समानुपातिक सुनिश्चिततता, सट्टापट्टा गरिने जग्गाको मूल्यसमेतका समग्र प्राविधिक तथा व्यवस्थापकीय विषयहरू यकिन भएपछि भूमिसम्बन्धी ऐनलगायत त्यससम्बन्धी अवधारणा अनुकूल हुने गरी मात्र हदबन्दीभन्दा बढी भएको जग्गाको व्यवस्थापन गर्नू/गराउनू,।’

    गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टामा ठूलो भ्रष्टाचार भएको आशंका भएको थियो । केही महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो प्रकरण पनि छानबिन गर्ने पक्षमा आफू रहेको बताएका थिए । तर निर्णय गरेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने गिरीबन्धु टी–स्टेटमा छानबिन गर्नुपर्ने कुरै नभएको भन्दै छानबिन गर्न सरकारलाई चुनौती दिएका थिए । गिरीबन्धु टी स्टेटले पटक–पटक झापाको बहुमुल्य जग्गा अरू प्रयोगजनका लागि उपभोग गर्न खोजेको देखिनछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ