• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने

    2.1K
    SHARES



    काठमाडौँ । कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो ।

    उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) तर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएको थियो । तर, प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न केहि समय लाग्ने जनाएको हो ।

    १९ मंसिरमा सार्वजनिक गरिएको सूचना अनुसार कोरियाका लागि उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । र परीक्षाबारे विस्तृत जानकारी माघ २२ मा प्रकाशित गर्ने जनाएको थियो ।

    आवेदनहरूलाई रूजु गर्ने काम नसकिएकाले परीक्षा मिति सार्वजनिक गर्न अझै समय लाग्ने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले बताएका छन् । ईपीएसमार्फत कोरिया जानका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका छन् । आवेदनकर्ता निकै बढि भएकाले रूजु गर्ने समय लागिरहेको उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ