• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

    2.7K
    SHARES



    काठमाडौं । राजधानीको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
    मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दिपक राईको सोमबार बेलुकी मृत्यु भएको हो ।

    ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै, विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा एक उद्योगमा सिल गरिएको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले ललितपुर महालक्ष्मी नगरपालिका-८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरेको हो ।

    उद्योगमा एक्सपायर डेट मेटिने स्प्रिट, डेट रिलेभलिङ गर्ने मेसिन प्रयोग गरी फार्म सिटी ब्राण्डको कर्नफ्लेक्स, चोकोज, ओट्सलगायतमा गलत एक्सपायरी डेट राखिएको पाइएको प्रहरीले जनाएको छ ।

    साथै मिनाक्षि खाद्य उद्योगका संचालकलाई बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागमा आवश्यक कागजात सहित ३ दिनभित्र उपस्थित हुन बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ