• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ३ वर्ष कैद तोकिएकी फरार प्रतिवादी पक्राउ

    1.9K
    SHARES



    काठमाडौँ । बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसी (कार्की) छन् ।

    २९ वैशाख २०७१ मा उच्च अदालत पाटनले उनीविरुद्ध ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना हुने ठहर गरेपछि उनी फरार थिइन् । उनलाई काभ्रेको बनेपाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ ।

    क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर लिएको कर्जा उनले तोकिएको परियोजनामा लगानी नगरेर दुरुपयोग गरेकी हुन् ।

    मन्दिरा घराना डेभलपर्स प्रालिको सञ्चालक हुन् । सो डेभलपर्सको नाममा कर्जा लिएर दुरुपयोग गरेको अदालतको ठहर छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ