• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउदविरूद्ध प्रहरीमा उजुरी

    3.1K
    SHARES



    धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

    बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले मन्त्री साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कुलदीप चन्दले, साँउदले आफूलाई ज्यानको धम्की दिएको भन्दै बोहराले उजुरी दिएको जानकारी गराएका छन् ।

    उनका अनुसार बोहराले साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् ।

    मन्त्री साउँदले भने आफूविरूद्व बोहराले उजुरी दिएको विषयमा जानकारी नभएको बताए । त्यसबारे बुझिरहेको बताउँदै साउँदले उनीसँग कुनै लेनदेन नभएको पनि बताएका छन् । मन्त्रि साउँदले आफूले धम्की दिएको कुरा सत्य नभएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया