• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News सुदुरपश्चिम

    सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी

    2.6K
    SHARES

    धनगढी । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उनीहरू प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

    महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन् । प्रदेशसभातर्फ ५२ जना र स्थानीय तहका १७५ जना प्रमुख-उपप्रमुख मध्ये १७३ जनाले मतदान गरेका थिए ।

    प्रदेशसभातर्फ महिलातर्फकि उम्मेदवार चन्दले ४१ मत पाइन भने स्थानीय तहतर्फ १ सय २० मत पाइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी सावित्रादेवी घिमिरेले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ५२ मत प्राप्त गरेकी छन् ।

    अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्टले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ १ सय २१ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले प्रदेशसभाको ११ मत र स्थानीय तहतर्फ ५२ मत पाए ।

    अन्यतर्फ विजयी भएका कांग्रेसका बोहराले प्रदेशसभातर्फ ३९ मत पाए भने स्थानीय तहतर्फ ११९ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका ईश्वरीप्रसाद खरेलले प्रदेशसभाको १३ मत र स्थानीय तहतर्फ ५३ मत पाए ।

    प्रदेशसभाको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ कायम गरिएको छ । योअनुसार महिलातर्फ विजयी भएकी माओवादीकी चन्दले प्रदेशसभातर्फ २१७३ र स्थानीय तहतर्फ २२८० गरेर ४४५३ कुल मतभार पाएकी छन् । एमालेकी घिमिरेले प्रदेशभाको ५८३ र स्थानीय तहतर्फ ९८८ गरेर १५७१ मतभार प्राप्त गरिन् ।

    अन्यतर्फका बोहराले प्रदेशसभातर्फ २०६७ र स्थानीय तहतर्फको २२६१ गरेर ४३२८ मतभार पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका खरेलले प्रदेशसभातर्फ ६८९ र स्थानीय तहतर्फ १००७ गरेर १६९६ मतभार पाए ।

    आपांगतातर्फ कांग्रेसका भट्टले प्रदेशसभातर्फ २१२० र स्थानीय तहतर्फ २२९९ गरि ४४१९ मतभार ल्याउँदा एमालेका जोशीले प्रदेशसभातर्फ ५८३ र स्थानीय तहको ९८८ गरेर १५७१ मतभार प्राप्त गरे ।

    सुदूरपश्चिम प्रदेशसभामा अन्यतर्फ सत्तारुढ गठबन्धनबाट दुई मत क्रस भएर एमालेका उम्मेदवारलाई परेको पाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ