• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    टेरामक्स प्रकरणमा अख्तियारद्वारा मुख्यसचिव अर्यालयसँग सोधपुछ

    1.8K
    SHARES



    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसँग सोधपुछ गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणालीमा घोटाला भएको भन्दै अख्तियारमा परेको उजुरीका सम्बन्धमा उनको नाम पनि मुछिएपछि अख्तियारले बयानका लागि बोलाएको थियो ।

    सोहीअनुसार अर्याल अख्तियार गएर आफ्नो कुरा राखेर फर्किएका हुन् । अख्तियार स्रोतका अनुसार आफूमाथि लागेका अभियोग र सोधिएका प्रश्नहरुको उनले विस्तृतमा जवाफ दिएर फर्किएका छन् । नीतिगत निर्णयमा आफ्नो नाम कसैले मुछेपछि आफूबाट कुनै गल्ती कमजोरी नभएको उनले बयानमा भनेका छन् ।

    यसअघि पेमेन्ट गेटवे विवादमा पनि अर्यालले अख्तियारलाई बयान दिएका थिए । कानुनी पूर्वाधारविना टेरामक्स प्रणाली खरिद अघि बढाएको, सर्वोच्च अदालतको आदेशको आफू अनुकूल व्याख्या गरेको उजुरी अख्तियारमा छ ।

    यस्तै ट्याक्स हेभन मुलुकको कम्पनीसँग शंकास्पद कारोबार गरेको लगायतको विषयमा पनि उजुरी परेको छ भने अख्तियारले अनुसन्धानलाई तीव्र पारेको जनाइएको छ । यो प्रकरणमा केही राजनीतिक दलका नेता पनि जोडिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ