काठमाडौं । राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पाल्पाका अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी गराएका हुन् ।
सदस्यहरुमा महोत्तरीका डा. आरपी बिच्छा, डा. रमेश सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका छन् ।
योजना आयोगमा नियुक्त भएकामध्ये बिच्छा, टण्डन र अवस्थी नेपाली कांग्रेस निकट हुन् भने अरु नेकपा एमाले निकट रहेका छन् ।
प्रतिक्रिया