• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

एअरएम्बुलेन्स दुर्घटना- चार जनाको जीवितै उद्धार, २ जना बेपत्ता

5.3K
SHARES



काठमाडौँ। थाइल्यान्डबाट रसियाकाे मस्को जाँदै गरेको एअरएम्बुलेन्स अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

एअर एम्बुलेन्समा रहेका ६ जनामध्ये ४ जनाको जीवितै उद्धार भएको छ भने दुईजना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुकाे बारेमा जानकारी सङ्कलन भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था पीटीआईलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एअरपोर्टमा रोकिएकाले शुरुमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो । गया विमानस्थलबाट इन्धन भरेपछि अस्ति शनिवार विमान उडेको थियो ।

यसअघि रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका ४ सदस्य र २ यात्रुसहित एअर एम्बुलेन्स बेपत्ता भएको बताएका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ