• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    यू-१९ विश्वकपमा नेपाललाई सुवासले दिलाए पहिलो सफलता

    3K
    SHARES



    काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध नेपालका स्पिनर सुवास भण्डारीले टोलीलाई पहिलो सफलता दिलाएका छन् ।

    सुवासले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । ल्यूकले २५ बलमा २ चौका हाने । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १०.१ ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।

    न्युजिल्यान्डका ओपनर टम जोन्स ३६ बलमा ५ चौकासहित ३० रनमा क्रिजमा छन् । नेपालले सुरुवाती दश ओभरमा चार बलर प्रयोग गरेको छ ।

    स्पिनर दीपेश कँडेलले १ ओभरमा १० रन खर्चेका छन् भने तीव्र गतिका बलर आकाश चन्दले ३ ओभरमा १७ रन खर्चिएका छन् । नेपालका प्रमुख बलर गुलशन झाले पनि ५ ओभरमा १९ रन खर्चिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ