काठमाण्डाै। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले हराएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेसले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४१ ओभर १ बलमा १ सय ७० रनमा अलआउट भयो ।
कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ५८ रन बनाए । मधेसका राजेश यादवले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि हरिशंकर साह र मयन यादवले समान ५०/५० रन बनाए ।
कर्णालीका दिपेन्द्र रावतले ४ र अनुज चुनाराले २ विकेट लिए । जितसँगै मधेस ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा पुगेको छ । कर्णाली चार खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा झरेको छ । प्रतियोगितामा १० वटा टोली सहभागी रहेका छन् ।
प्रतिक्रिया