• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दै धनगढी उपमहानगर

    1.5K
    SHARES



    धनगढी । धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ ।

    धनगढी उपमहानगरपालिकालेे ‘गो डि्रमर्स’ को साझेदारीमा साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

    कार्यक्रम सञ्चालनका लागि शुक्रबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो डि्रमर्सका अध्यक्ष सुवास शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

    दुवै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना विद्यालयमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको मेयरको निजी सचिवालयले जनाएको छ ।

    शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनोट भएका धनगढी उपमहानगरपालिका-१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालय र वड नम्ब १८ को चन्द्रोदय माध्यमिक विद्यालय फुलबारीमा कार्यक्रम सञ्चालन गरिने छ ।

    साझेदारी पत्र आदानप्रदान गर्दै मेयर हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्न लागेको बताएका छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ