• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एसियन कप फुटबलमा यी तिन टिमको जित

    3.2K
    SHARES



    काठमाण्डौ । एएफसी एसियन कप फुटबलमा इराक, इरान र इन्डोनेसिया विजयी भएका छन् ।

    गएराति भएको खेलमा इन्डोनेसियाले भियतनामलाई र इरानले हङकङलाई हरायो । इन्डोनेसियाले भियतनामलाई १-० गोलले हराएको हो ।

    उसका अस्नावी बाहरले खेलको ४२औँ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक भयो । समूह ‘डी’ मा इन्डोनेसिया र जापानको २ खेलमा ३ अङ्क तथा इराकको २ खेलमा ६ अङ्क छ । इराकले पहिलो खेलमा इन्डोनेसियालाई हराएको थियो । भियतनाम अङ्क विहीन रहेको छ ।

    जापान समूह चरणको दोस्रो खेलमा इराकसँग पराजित भएको छ । हिजो भएको पहिलो खेलमा जापानलाई इराकले २-१ गोलले हरायो । इराकका अइमान हुसेनले खेलको पहिलो हाफमा दुई गोल गरे ।

    दोस्रो हाफको अन्तिम समयमा जापानका वातारु एन्डोले एक गोल फर्काए । त्यस्तै समूह ‘सी’ मा इरानले हङकङलाई १-० गोलले हरायो । इरानको २ खेलमा ६ अङ्क जोडेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ