• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    १९ वर्षमुनिकाे विश्वकप क्रिकेट- अमेरिकालाई हराउँदै आयरल्यान्डकाे विजयी शुरुवात

    2.5K
    SHARES



    काठमाण्डाै। आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटमा आयरल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज भएकाे समूह ‘ए’ काे खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायाे ।

    अमेरिकाले दिएकाे १ सय ६ रनकाे सामान्य लक्ष्य आयरल्यान्डले २२ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायाे । आयरल्यान्डका रायन हन्टरले नट आउट ५० रन बनाए । अमेरिकाका आर्य गर्गले २ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अमेरिका ४० ओभर २ बलमा १ सय ५ रनमा अल आउट भयाे । अमेरिकाका खुश भालालाले नट आउट ३८ रन बनाए । आयरल्यान्डका रुबेन विल्सन र ओलिभर रिलेले समान ३ विकेट लिए ।

    दक्षिण अफ्रिकामा आजदेखि शुरु भएकाे प्रतियाेगिता यही माघ २८ गतेसम्म चल्नेछ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । नेपालले पर्सि आइतवार पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ