• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरू

3.1K
SHARES



धनगढी । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आज शुक्रबारदेखि शुरु भएको छ ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले हिउँदे अधिवेशन आह्वान गरेपछि शुरु भएको छ ।

हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बसेको छ । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रदेशसभा सदस्यहरुले शुभकामना आदानप्रदान गरेका छन् ।

पहिलो र दोस्रो अधिवेशनमा प्रदेशसभालाई विजनेश दिन नसकेको सुदूरपश्चिम प्रदेश सरकारले हिउँदे अधिवेशनको पहिलो बैठकमा समेत कुनै विद्येयक सभामा दर्ता गरेको छैन ।

प्रदेशसभा सचिवालयले सरकारले कुनै विद्येयक दर्ता नगरेका कारण पहिलो बैठकमा शुभकामना आदानप्रदान मात्रै भएको जनाएको छ ।

शुभकामना आदानप्रदानपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाको बैठक माघ ९ गते बस्नेगरि स्थगित गरेका छन् ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ