• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको माग

    1.1K
    SHARES



    काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकभित्र उत्पादित वस्तुको खरिद अनिवार्य गर्न माग गरेको छ ।

    मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध उद्योगी सदस्यहरुको समस्या एवम् समाधानका विषयमा आयोजित छलफलमा परिसंघले यस्तो माग गरेको हो ।

    मुख्यसचिव डा. बैकुण्ठ अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय मुकुन्दप्रसाद निरौला, नारायणप्रसाद शर्मा दुवाडीलगायतको उपस्थितिमा राजधानीमा आयोजित स्वदेशी मिट एण्ड ग्रिटमा स्वदेशी उद्योगहरुको प्रवर्द्धनका लागि लिइनुपर्ने नीतिगत विषयमा छलफल भएको परिसंघले जनाएको छ । कार्यक्रममा मेक इन नेपाल स्वदेशी अभियानले हालसम्म गरेका विभिन्न कामका बारेमा जानकारी पनि गराइएको छ ।

    नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले स्वदेशी अभियानमा आवद्ध उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने लगायतका गतिविधि सञ्चालन गरिरहेको बताए ।

    स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न वार्षिक बजेटमा नीतिगत सुझाव दिने, आन्तरिक एवम् बाह्य सञ्जालमा स्वदेशी वस्तु तथा सेवाको पहुँच बढाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य, बिजनेश टू बिजनेस (बीटूबी) पोर्टल सञ्चालनलगायतका कार्य गरिरहेको उनले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ