• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आज पनि ७.२४ अंकले घट्यो नेप्से

    1.8K
    SHARES



    काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार(आज) सेयर बजारको परिसूचक नेप्से ७ अंकले घटेको छ ।

    अघिल्लो कारोबार दिन बुधबार १२.१० अंकले घटेको नेप्से परिसूचक आज ७.२४ अंकले गिरावट आएर २१५५.८२ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशतले घटेको छ ।

    परिसूचक नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडमा खुम्चियो । यस दिन हाइड्रोपावरसहित ३ समूह बढे । अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०.२० प्रतिशत बढे । होटेल समूह सबैभन्दा धेरै १.४ प्रतिशत घट्यो ।

    बैंकिङ ०.६४, विकास बैंक ०.६५, लगानी ०.७५, जीवन बीमा ०.५२, उत्पादन १.२८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा १.१३ र व्यापार समूह ०.८९ प्रतिशत घटेका छन् ।

    समग्र बजार घट्दा पनि रिडी पावर, गणपति लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर र माहुली लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सीईडीबी हाइड्रोपावरको ९.८ प्रतिशत बढ्यो ।

    दोर्दी हाइड्रोपावरको ८.४, हिमालयन रिइन्स्योरेन्सको ८.४, इन्फिनिटी लघुवित्तको ७.९ प्रतिशत मूल्य बढ्यो । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशत घट्यो । ग्लोबल आईएमई लघुवित्तको ७.३, थ्रीस्टार हाइड्रोको ७.१, नेपाल वेयरहाउजिङको ५.७ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स अग्रस्थानमा रह्यो भने उक्त्त कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३२८ रुपैयाँमा खरिदबिक्री भयो ।

    यसैगरी सोनापुर ३० करोड,नगदी ग्रुपको २३ करोड,रिडी पावरको १६ करोड र नेपाल वेयरहाउजिङको १५ करोड मूल्यको सेयर कारोबार गरी कमाउने ३ शीर्ष कम्पनीभित्र परे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ