• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    रोमाञ्चक जित सहित सिरिज ‘क्लिन स्विप’

    1.5K
    SHARES



    काठमाडौं । भारतले अफगानिस्तानविरुद्धको तीन म्याचको टी ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।

    अन्तिम खेलमा दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हराउँदै भारतले सिरिज क्लिन स्विप गरेको हो ।

    सिरिजको तेस्रो खेलको नतिजा निकैनै रोमाञ्चक रह्यो । खेलको निर्णय दोस्रो सुपर ओभरबाट मात्र निस्किएको थियो ।
    सुरुवाती २ खेल जित्दै भारतले सिरिज यसअघिनै आफ्नो पक्षमा पारिसकेको थियो ।

    चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको भारतको सुरुवात खराब रह्यो । उसले २२ रन बनाउन महत्वपुर्ण ४ विकेट गुमाएको थियो । त्यसपछि भारतीय कप्तान रोहित शर्माले टी ट्वान्टीमा अन्तराष्ट्रिय पाँचौं शतक प्रहार गर्दै भारतका लागि शानदार इनिङ्स खेले ।

    रिङ्कु सिंहले समेत अर्धशतक प्रहार गरेपछि भारतले ४ विकेटको क्षतीमा २ सय १२ रनको शानदार रन बनाएको थियो । तर अफगानिस्तानले समेत उस्तै चुनौती भारतसमक्ष पस्कियो ।

    रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानको अर्धशतकमा अफगानिस्ताले ६ विकेट गुमाएर २ सय १२ रननै बनायो । सुपर ओभरमा अफगानिस्तान टिमले पहिले ब्याटिङ गर्दै १६ रन बनाएको थियो ।

    गुलबदीन नायब र मोहम्मद नबीले अफगानिस्तानका लागि ब्याटिङ गरेका थिए भने भारतका लागि तिव्र गतिका बलर मुकेश कुमारले बलिङ गरेका थिए ।
    त्यसपछि अफगानिस्तानका अजमतुल्लाह अमरजईविरुद्ध रोहित शर्मा र यशस्वी जयसवालले १६ रन प्रहार गरे । त्यसपछि सुपर ओभरको खेल समेत बराबरीमा सकिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ