• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

प्रधानमन्त्री कपमा सन्दीप जोराको शतक

2.8K
SHARES



काठमाडौँ। प्रधानमन्त्री कपमा नेपाल एपिएफ क्लबका ब्याटर सन्दीप जोराले शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सन्दीपले बागमती प्रदेशविरूद्ध शतक प्रहार गरेका हुन् । टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका लागि सन्दीपले टिम खराब स्थितिमा रहेको बेलामा शतक प्रहार गरेका हुन् ।

अन्तिम ओभरमा रनआउटको सिकार हुनुअघि उनले ११२ रन जोडे । उनले ११७ बल खेल्दा ७ चौका र ५ छक्का प्रहार गरे । उनको शतकमा एपिएफले ९ विकेटको क्षतिमा २४१ रन जोड्यो । १२.४ ओभरमा ५ विकेट गुमाउँदा एपिएफले ४१ रन मात्र जोडेको थियो । त्यसपछि सन्दीपले एपिएफलाई धैर्यताका साथ अघि बढाएका थिए ।

प्रधानमन्त्री कपमा यो दोस्रो शतक हो । यसअघि नेपाल पुलिस क्लबका रासिद खानले बागमतीविरुद्ध नै शनिबार शतक प्रहार गरेका थिए । आइतबार बागमतीविरूद्ध एपिएफका ओपनरद्वय प्रज्जल शाही १० रन र आसिफ शेख १५ रनमा आउट भए । यो सिजनदेखि एपिएफमा आबद्ध भएका कप्तान रोहित पौडेल २ रनमा रिजन ढकालको एलबिडब्लूको धरापमा परे ।

सुमित महर्जन ६ रन र पुरन विक शून्यमा आउट भए । यस्तै लोकेश बमले २७ रन, भूवन कार्कीले १० रन र अमरसिंह रटेउलाले २२ रन बनाए। अभिनास बोहराले नटआउट १८ रन जोडे ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ