• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    ३ दिनमा सुदूरपश्चिमका ९ जनामा कोरोना सङ्क्रमण

    1.8K
    SHARES



    काठमाडौँ । पछिल्ला ३ दिनमा सुदूरपश्चिम प्रदेशमा नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार ३ दिनमा ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

    ३ दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार ४ सय ४४ जना नेपाल भित्रिएका छन् । कोरोना सङ्क्रमित ८ जनाको नमुना सङ्कलन गरी थप परीक्षणका लागि क्षेत्रीय प्रयोगशालामार्फत केन्द्रमा पठाइएको थियो ।

    गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउद कोरोना भाइरसका सङ्क्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न सुझाव दिए ।

    ‘सीमानाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमित बढ्दै गएको देखिएको छ’, उनले भने, ‘हेल्थ डेस्कमा नमुना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी, एन्टिजेनको कीट ,मास्क ग्लब्सलगायतका सामग्री पर्याप्त छन् ।’

    उनले सङ्क्रमितलाई होम आइसोलेशनमा बस्न र सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह दियएको र सम्बन्धित पालिकासँग समन्वय गरिरहेको जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ