• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

प्रधानमन्त्री कपमा पुलिस क्लबको विजयी सुरुवात

2.9K
SHARES



काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा पुलिस ६८ रनले विजयी बनेको हो ।

पुलिसले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा बागमती ४२.३ ओभरमा २ सय १४ रनमा समेटियो । बागमतीका लागि अशुतोष घिरैयाले ९२ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् ।

अर्को ओपनर इशान पाण्डेले ४४ रनको योगदान दिए । पुलिस क्लबका लागि सागर ढकालले ३ तथा करन केसी, राशिद खान र दीपेन्द्रसिंह ऐरले २-२ विकेट लिए ।

यसअघि राशिद खानको शानदार शतकको मद्दतले नेपाल पुलिस क्लबले बागमती प्रदेशसामु २ सय ८३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पुलिस क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८२ रन बनायो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ