• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अङ्ग्रेजी नजान्दा साउदीमा नेपाली श्रमिकले कुटाइ खाए- श्रम मन्त्रालय

    2K
    SHARES

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अङ्ग्रेजी नजान्दा नेपाली श्रमिकले कुटाइ खाएको बताएका छन् ।

    संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले एबीसीडी नजान्दा साउदीमा नेपाली श्रमिकहरूले कुटाई खाएको बताएका हुन् ।

    शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताउँदै उनले भने, ‘केही समय अगाडि साउदीमा एबीसीडी नचिन्दा नेपाली कामदारले कुटाई खाए । पछि बुझ्दा गोदाममा काम गर्ने क्रममा अङ्ग्रेजीमा एबीसीडी लेखेको ठाउँमा त्यही आधारमा सामान राख्न नसकेपछि कुटाइ खाएका रहेछन् ।’

    त्यसैले सामान्य अङ्ग्रेजी सिक्न आवश्यक रहेको उनको भनाई छ । समितिका सदस्यहरूले वैदेशिक रोजगारीमा जाने कामदारलाई अङ्ग्रेजी भाषा अनिवार्य गर्न लागिएको भन्दै श्रम मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

    त्यसको जवाफमा सचिव भण्डारीले शिक्षाको अभावमा नेपाली श्रमिकहरूले दुःख पाउने अवस्था आएपछि यस्तो गर्न लागिएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ