• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गौशाला २६ को पहिचान सार्वजनिक भएकोबारे साइबर ब्युरोले थाल्यो अनुसन्धान

    1.9K
    SHARES

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको नाम, थर र तस्बिर सार्वजनिक भएकोबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ । त्यसबारे उजुरी आएपछि अनुसन्धान थालिएको ब्युरोका एसपी पशुपति रायले बताएका छन् ।

    बलात्कार कसुरमा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन सजाय निर्धारण गरेसँगै पीडितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । कानुनअनुसार बलात्कार पीडितको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बलात्कृत किशोरी भन्दै तस्बिर र नाम ठेगाना सार्वजनिक गरेका हुन् । एसपी राय भन्छन्- ‘सार्वजनिक गर्ने व्यक्तिहरूको आइडेन्टिफाइ गर्दै छौं ।’

    त्यसरी फोटो र नामथर सार्वजनिक गर्नेलाई गोपनियतासम्बन्धी कसुरमा पनि कारबाही हुने व्यवस्था रहेको छ । २०७५ भदौमा बन्द प्रशिक्षणमा रहेका बेला लामिछानेले पीडित किशोरीलाई भेटेका हुन् ।

    नगरकोट घुमाएर फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा सञ्चालित होटेलमा आफूलाई बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त गौशालाले मुद्दा दर्ता गर्दा पीडितको परिवर्तित नाम गौशाला-२६ उल्लेख गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ