• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    राष्ट्रिय टिमबाट अलगिए सन्दीप

    2.3K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले हिजो बुधबार ८ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ -क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्दै छ ।

    सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको दाबी छ । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजायँ हुने निर्णय हिजो बुधबार सुनाएको थियो ।

    यो निर्णयपछि सन्दीपले आफ्नो भनाइ क्यानसमक्ष पेश गरिसकेका छन् । उनको भनाइ सार्वजनिक भने भएको छैन । सन्दीपका कानुन व्यवसायीहरुले भने जिल्ला अदालतको निर्णयविरुद्ध पुनरावेदनमा जाने बताउँदै आएका छन् ।

    क्यानका एक पदाधिकारीको दाबी अनुसार पुनरावेदनको फैसला नआउन्जेल सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमबाट अलग गर्ने निर्णय हुने छ । ‘सन्दीपको सम्बन्धमा क्यानले आज स्टेटमेन्ट दिन्छ,’ उनले भने, ‘क्यानले कानुन बमोजिम नै गर्छ र नैतिकताको कुरा पनि छ ।’

    राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उजुरी थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ