• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized समाचार

    कोरोना सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन

    1K
    SHARES

    काठमाण्डौ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ ।

    महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन वान देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, प्रवेश विन्दुहरु, कोभिड-१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएका हुन् ।

    नेपालमा पहिलोपटक अस्ति ७ जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन वान पुष्टि भएको थियो ।

    महाशाखाका निर्देशक डा मरासिनीका अनुसार अन्य भेरियन्टको तुलनामा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहे पनि  सङक्रमणबाट हुने जटिलता भने कम छ ।

    सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन अर्थात् जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउनसमेत अनुरोध गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्न सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न, भिडभाड हुने ठाउँ, मेला, भोज, पार्टीमा सतर्कता अपनाउन पनि सबैमा आग्रह गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ