• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फेक रेस्क्यूको खतरा देखियो, बेलैमा रोकौं- सीईओ रेग्मी

    738
    SHARES

    काठमाडौँ । पर्यटन जगतमा पुनः फेक रेस्क्यूको घटना दोहोरिन थालेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनन्जय रेग्मीले बताएका छन् ।

    बिहीबार संसदीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उपस्थित सीईओ रेग्मीले नेपाल आएका पर्यटकलाई बिरामी पारेर फेक रेस्क्यू गर्ने गराउने घटना बढेको बताउँदै यसलाई बेलैमा रोक्न नसकिए अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि धुमिल हुने तर्फ सचेत गराए ।

    ‘पहिला-पहिला फेक रेस्क्यूको नाममा धेरै यस्ता धेरै पर्यटकहरु ठगिन्थ्ये । बिचमा यो घटना नियन्त्रणमा आएको थियो । तर, फेरि यस्तो गलत गतिविधि सुरु भएको भन्ने गुनासा उजुरीहरु आइरहेका छन्,’ रेग्मीले भने, ‘यस्तो गलत गतिविधि बेलैमा रोक्न सकिएन भने बर्बाद हुन्छ । अन्तर्राष्ट्रिय बजारमा हामी बदनाम हुन्छौँ ।’

    रेस्क्यूको नाममा ट्राभल कम्पनी, होटल, हेली कम्पनीहरुको मिलेमतो हिमाली क्षेत्र, ट्रेकिङमा जाने पर्यटकलाई खानामा विकार मिसाएर खुवाउने र रेस्क्यू गर्ने गरेको उनको आरोप छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया