• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    यू-१९ महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बालगोपाल

    1.8K
    SHARES



    काठमाडौँ । बालगोपाल साहुखल नेपाली यू-१९ राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

    बंगलादेशको ढाकामा फेब्रुअरी २ देखि ८ सम्म आयोजना हुने साफ यू-१९ महिला च्याम्पियनसीपका लागि साहुखललाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।

    यता गंगा गुरुङ र श्याम सुन्दर सिंह सहायक प्रशिक्षक तथा सैलेश कर्माचार्य गोलकिपिङ प्रशिक्षकमा नियुक्त भएका छन् ।

    एन्फाका महासचिव किरण राईले उनीहरूलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

    यस्तै, विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

    बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रन बनायो ।

    कोशीका लागि रुविना क्षेत्रीले रनको अर्धशतकीइ पारी खेलिन् । ५८ बल खेलेकी उनले ७ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै लागि काजल श्रेष्ठले २२ रन बनाउँदा अप्सरी बेगमले ८ रनको योगदान गरिन् ।

    बलिङतर्फ एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १-१ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ