• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    ज्याेति पाण्डेले लिइन् क्रिकेटबाट सन्न्यास

    1.9K
    SHARES



    काठमाण्डाै । नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्न्यास लिएकी छिन् ।

    काेशी प्रदेशलाई हराउँदै आफू आबद्ध सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताकाे उपाधि जितेसँगै उनले सन्न्यास लिएकी हुन् ।

    ज्याेति पाण्डेले १७ टी-२० अन्तर्राष्ट्रिय खेलमा २ सय १० रन बनाएकी छिन् । उनले सन् २०१६ मा कतारसँगकाे खेलमा नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् ।

    उनले अन्तिम पटक सन् २०२१ मा कतारसँगकाे खेलमा खेलेकी थिइन् । ज्योतिले सन् २०११ देखि लगातार एपीएफबाट खेल्दै आएकी थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ