• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    विपक्षी नेता जे-म्युङमाथि पत्रकार सम्मेलनमा छुरा प्रहार, एक जना पक्राउ

    1.2K
    SHARES



    काठमाडौँ। दक्षिण कोरियाका विपक्षी नेता ली जे-म्युङमाथि छुरा प्रहार भएको छ । ली जे-म्युङमाथि दक्षिणी बन्दरगाह सहर बुसानमा आयोजित पत्रकार सम्मेलनमा छुरा प्रहार भएको स्थानीय योनहाप समाचार संस्थाले जनाएको छ।

    सन् २०२२ को राष्ट्रपतीय चुनावमा थोरै मतान्तरले हारेका ली जे-म्युङलाई आज बिहान घाँटीमा छुरा प्रहार भएको हो । नेता लीलाई आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । आक्रमणकारीले शुरुमा नेता लीसँग अटोग्राफ मागेका र अचानक छुरा प्रहार गरेका खबरमा भनेइएको छ ।

    छुरा प्रहारबाट नेता लीको घाँटीमा गहिरो चोट लागेको छ । ५९ वर्षीय लीले डेमोक्रेटिक पार्टी अफ कोरियाको नेतृत्व गर्दै आएका छन् । उनि यसअघिको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति युन सुक-योलसँग ०.७३ प्रतिशतको मतान्तरले पराजित भएका थिए ।

    यस्तै, जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या २० पुगेकाे छ ।

    मध्य जापान र वरपरका क्षेत्र भएर साेमवार गएकाे ७.६ रेक्टरस्केलकाे भूकम्पमा परि २० जनाकाे ज्यान गएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुकाे निरन्तर उद्धारकाे काम भइरहेकाे जानकारीगरिएका छन् ।

    याे भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् ।

    त्यहाँ ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । भूकम्पपछि जापानमा १ सय ५५ वटा परकम्प गएका छन् ।

    प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा राखेर जापानी सेनाले खाना, पानी र कम्बललगायतका सामग्रीहरू वितरण गरिरहेको छ । यसैबीच अमेरीकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया