• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    क्रिकेटर वार्नरले एकदिवसीयबाट सन्न्यास लिने

    1.2K
    SHARES



    काठमाण्डाै । अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यास लिने घाेषणा गरेका छन् ।

    ३७ वर्षीय वार्नरले यसअघि टेस्ट क्रिकेटबाट सन्न्यास लिने घाेषणा गरेका थिए । पर्सि बुधवारदेखि शुरु हुने पाकिस्तानसँगकाे दाेस्राे टेस्ट वार्नरकाे बिदाइ खेल हुनेछ ।

    आफ्नाे सन्न्यासपछि नयाँ खेलाडीले माैका पाउने र आफूले फ्रेन्चाइजी क्रिकेट धेरै खुलेर खेल्न सक्ने वार्नरले बताएका छन् ।

    सन् २०२३ काे एकदिवसीय विश्वकपमा अस्ट्रेलियालाई छैटाैँ पटक उपाधि जिताउन वार्नरले महत्त्वपूर्ण प्रदर्शन गरेका थिए । उनले प्रतियाेगिताभरि २ शतकसहित ४ सय ९४ रन बनाएका थिए ।

    वार्नरले १ सय ६१ एकदिवसीय क्रिकेट खेल्दै २२ शतकसहित ६ हजार ९ सय ३२ रन बनाएका छन् । उनी अस्ट्रेलियाकाे एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा धेरै रन बनाउने छैटाैँ क्रिकेटर हुन् । यस्तै १ सय ११ टेस्टमा २६ शतकसहित ८ हजार ६ सय ९५ रन बनाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ