• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    प्रधानमन्त्री कप महिला टी-२० : बागमतीलाई हराउँदै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा

    1.5K
    SHARES



    काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार खेलिएको इलिमिनेटर खेलमा बागमती प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा पुगेको हो ।

    इलिमिनेटर खेलमा पराजित भएपछि बागमती प्रदेश भने उपाधि होडबाट बाहिरिएको छ । सुदूरपश्चिम प्रदेशले अब दोस्रो क्वालिफायर खेलमा सोमबार कोशी प्रदेशको सामना गर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले बुधबार हुने फाइनलमा उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    आइतबार भएको इलिमिनेटर खेलमा टस जिती पहिले ब्याटिङ रोजेको बागमती प्रदेशले १९ ओभरमा अलआउट हुनुअघि ९९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने १४.३ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ