• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपाल सुपर लिग- धनगढीलाई हराउँदै ललितपुर बन्यो च्याम्पियन

    1.5K
    SHARES



    काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि जितेको छ ।

    शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ गेल अन्तरले हराउँदै ललितपुरले उपाधि जितेको हो ।

    ललितपुरलाई जित दिलाउन इमो एजिकेलले दुई गोल गरे । त्यस्तै दिनेश हेम्जनले एक गोल गरे । धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजिले १-१ गोल गरे ।

    खेलमा सुरुवाती अग्रता भने धनगढी एफसीले बनाएको थियो । धनगढीका लागि ओलावाले अफिजले खेलको ३९औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमो एजिकेलले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए । खेलको ५१ औं मिनेटमा दिनेशले गोल गर्दै टिमलाई २-१ गोलको अग्रता दिलाए । खेलको ५८ औं मिनेटमा एजिकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३-१ गोल गर्दै टिमलाई जिततर्फ लिए ।

    खेलको इन्जुरी समयमा हिजाजले गोल गरे पनि ललितपुरले ३-२ गोलको जित निकाल्न सफल भयो । जितसँगै ललितपुरले ७० लाख पुरस्कार पाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ